, असार ९ – गत शनिबार बिहानको ११ बज्दै थियो । लाइनमा प्राय जसो सबै महिलाहरुको नै बाक्लो उपस्थिति थियो । ठूलीमाया चेपाङ पनि लाइनमा नै थिइन् । बस्तुभाउलाई घाँस कुढो गरेर ठूलीमाया भोकै पेट दौडिएर वडा कार्यालय आइपुगेकी थिइन् ।
माडी नगरपालिकाको वडा नं. ७ स्थित शिवद्धारमा बस्ने उनीहरुलाई वडा कार्यालय आइपुग्न करिब डेढ घण्टा लाग्छ । सामाजिक अभियन्ता तथा चिकित्सक डा.सुवास बस्नेतको पहलमा लियो क्लब अफ युथ क्लबको नेतृत्वमा त्यहाँ राहत बाडिँदै थियो । राहतकै लागि ठूलीमाया पनि डेढ घण्टा पैदल हिडेर वडा कार्यालय आइपुगेकी थिइन् । उनले राहत स्वरुप एक बोरा चामल, नुन, तेल, चना र केराउ पाइन् ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**