राष्ट्रसंघीय मिसनमा बाबु–छोरालाई एकै पटक पदक

यो पटक सुडानमा माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएका दुई जोडी (श्रीमान् र श्रीमती) ले पनि शान्ति स्थापनार्थ उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा पदक पाएका छन् ।
काठमाडौँ — नेपालबाट शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका नेपाली सेनाका बाबु र छोराले एकै पटक युएनको पदकसहित सम्मानित भएका छन् । नेपाली सेनाका सहायक रथी दीपक बानियाँ (बाबु) र प्राविधिक उपसेनानी दिव्यप्रताप बानियाँलाई युएनले शुक्रबार सम्मान गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दीपकले दक्षिण सुडानमा ६ वटा सेक्टरमध्ये पूर्वी सेक्टरमा कमान्ड गर्दै आइरहेका छन् । उनका छोरा दिव्य भने राजधानी जुवामा गोरखबहादुर गणमा कार्यरत छन् । दीपकले आफ्नो फेसबुकमार्फत यसरी युएन मिसनमा खटिँदा बाबु र छोराले एकै पटक पदक पाएको पहिलो पटक रहेको दाबी गरेका छन् ।
यस्तै, दीपकका अनुसार यो पटक सुडानमा माओवादी लडाकुबाट नेपाली सेनामा समायोजना भएका दुई जोडी (श्रीमान् र श्रीमती) ले पनि शान्ति स्थापनार्थ उल्लेखनीय भूमिका खेलेको भन्दै युएनबाट प्रशंसा पदक पाएका छन् ।

पदक आउने ती जोडीको नाम सैनिक मुख्यालय जंगी अड्डाले सार्वजनिक गरिसकेको छैन । अर्को एक जोडीले पनि पदक पाएका छन् । यस्तै, एक जोडी जुम्ल्याहा दाजु–भाइसहित अर्को एक जोडी दाजुभाइले पनि पदक पाएका छन् । उनीहरुको नाम पनि बाहिर आउन बाँकी नै रहेको छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment