राष्ट्रपति भण्डारीबाट प्रधानसेनापति नियुक्त, ब्राह्मण जातिबाट यी बने पहिलो सेना प्रमुख

Samchar

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन् ।नेपाली सेनाका कायममुकायम प्रधान सेनापति समेत रहेका शर्मालाई भदौ २४ गतेबाट लागू हुने गरी प्रधानसेनापति नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७(५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई नेपाली सेनाको प्रधानसेनापति पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।नेपाली सेनाको इतिहासमा शर्मा ब्राह्मण जातिबाट प्रधानसेनापति बन्ने पहिलो व्यक्ति हुन् ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *