रावललाई राजनीतिमा धक्का

नेकपा एमालेका उपाध्यक्ष भीम रावलको सुदूरपश्चिममा बलियो पकड छ । एमालेमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच विगतमा शक्तिसंघर्ष हुँदा सुदूरपश्चिममा रावलका कारण ओलीविरोधी बलियो देखिन्थे । सुदूरपश्चिममा मात्र ओली अल्पमतमा थिए ।अहिले भीम रावलले माधव नेपालको साथ छाडेपछि सुदूरपश्चिममा माधव नेपाल कमजोर भएका छन् । तर, रावललाई पनि केही विश्वासपात्रहरुले छाडिदिएका छन् । उनको पकड विगतको तुलनामा गुमेको छ ।

यसले रावललाई राजनीतिमा धक्का लागेको छ ।भीम रावललाई दीर्घ सोडारीले साथ छाडेका छन् । उनी रावलका विश्वासपात्र मानिन्थे । सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधारमन्त्री सोडारी कैलालीमा प्रभावशाली मानिन्छन् । अहिले नेकपा एसमा छन् ।सुदूरपश्चिम प्रदेशमा मन्त्री रहेका पूर्णा जोशी र माया भट्टका अलावा प्रदेश सभा सदस्य तारा लामा पनि नेकपा एसमा गएका छन् । उनीहरु रावल निकट मानिन्थे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+