काठमाडौँ – दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि यसको तरङ्ग नेपाली काँग्रेसमा पनि देखिन थालेको छ । एमाले र जसपा फुटाउन ल्याएको अध्यादेशले प्रधानमन्त्री शेरबहादुर देउवाको आफ्नो पार्टी पनि फुट्ने भएको छ ।पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतले चाहेमा पार्टी फुटाउन सकिने गरी खुकुलो व्यवस्था गरिदिए पछि एमाले र जसपा विभाजन भइसकेको छ भने काँग्रेस फुट नजिक छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
एमाले फुटाउन अध्यादेश ल्याएरका देउवा अहिले आफ्नै कर्मका कारण ठूलो तनावमा रहका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला मिलेर नयाँ पार्टी दर्ता गर्ने तयारी थालेका छन् । त्यसका लागि उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।पौडेल र कोइरालाले बुधबार साँझ ओली निवास बालकोट पुगेर भेटघाट गरेका हुन् । विश्वस्त स्रोतका अनुसार यी दुई नेताहरुले आज पनि ओलीलाई भेट्दैछन् । सरकारले ल्याएको अध्यादेश र एमाले विभाजन भएसँगै ओली र पौडेल–कोइरालाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
ओलीलाई भेट्न दुवै नेता बुधबार ५ बजे बालकोट पुगेका थिए । देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा २० प्रतिशत केन्द्रीय कमिटी वा सांसद लिएर दल विभाजन गर्नसक्ने व्यवस्था गरिएको छ । कांग्रेस नेता कोइरालाले देउवाले ल्याएको अध्यादेशको विरोध गरेका थिए ।उच्च स्रोतले दिएको जानकारी अनुसार काँग्रेस फुटाएर आएमा रामचन्द्र पौडललाई प्रधानमन्त्री बनाएर जानेसम्मको तयारीमा ओलीले रणनीति बनाएको बुझिएको छ । प्रधानमन्त्री बन्नकै लागि पौडेलले ओलीलाई भेटेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****