राजेन्द्र पाण्डे एकीकृत समाजवादीको महासचिव र बागमतीको मुख्यमन्त्री बन्ने

Samchar

काठमाडौं – राजनीतिलाई सम्भावनै सम्भावनाको खेल मानिन्छ । कसको राजनीति कस्तो हुन्छ भनेर कसैले ठ्याक्क भन्न पनि सक्दैन । हिजोसम्म एमाले यो देशको पहिलो ठूलो शक्ति थियो । चौतर्फी यसको बोलवाला र दबदबा थियो । आज सडकमा पुगेको छ ।एकपछि अर्को सरकारी पद गुमाउँदै गएको छ । आपसी बेमेलकै कारण पार्टी विभाजन भएको छ । एमालेको संसद्मै दुईवटा पार्टी बनेको छ । अब संसद्मा एमाले र एकीकृत समाजवादीको अस्तित्व रहनेछ । यसैक्रममा एमालेबाट फुटाएर एकीकृत समाजवादी पार्टी निर्माण गरेका माधवकुमार नेपालले पदाधिकारी चयनबारे गृहकार्य सुरु गरेका छन् । एकीकृत समाजवादी पार्टीका नेताहरूका अनुसार पार्टीको महासचिव र बागमती प्रदेशका नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई बनाउने तयारी छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *