राजीनामापछि शेरधन राईले भने– धेरै गर्न सकिनँ होला तर गलत गरेको छैन

Samchar

प्रदेश १ को एमाले संसदीय दलको नेता तथा मुख्यमन्त्री पदबाट राजीनामा दिएका शेरधन राईले पार्टी एकताको पक्षमा आफूले त्याग गर्दै राजीनामा दिएको बताएका छन् । राजीनामापछि आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले आफूले नेतृत्व गरेको दलमा पूर्ण बहुमत रहेकै अवस्थामा पार्टीको हितलाई केन्द्रमा राखेर राजीनामा दिएको प्रस्ट पारेका हुन् ।पार्टी र पार्टी नेतृत्वको पूर्ण विश्वास साथ र समर्थन अनि आफूले नेतृत्व गरेको दलमा पूर्ण बहुमत रहँदा रहँदै पनि देशको विकसित राजनीतिक परिस्थिति, पार्टीभित्र देखा परेको विग्रह, टुटफुट अनि त्यसको प्रभाव र असरबाट प्रदेश नं १ मा नेकपा (एमाले) लाई क्षति पुग्न नदिन आफूले राजीनामा दिएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘सरकारको स्थायित्वलाई सुनिश्चित गर्न, देशकै ठुलो दल नेपालको कम्युनिष्ट आन्दोलनको मूलधारलाई कमजोर हुन नदिन, देश प्रदेशमा अराजकता र अस्थिरता पैदा नहोस्, पार्टी एकताको पक्ष मजबुत होस्, पार्टीभित्र उत्पन्न समस्याको ठोस समाधानका लागि लामो गन्थन मन्थनपछि कार्यान्वयनमा ल्याइएको १० बुँदलाई अक्षरशः पालना गर्न र गराउनका लागि एकमुष्ट तेजिलो गति पैदा हुन सकोस् भनेर त्यस मूल्यमा सेक्रिफाइस स्वरुप आजै मैले दलको नेता र पदबाट राजीनामा गरेको छु ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *