५० र ६० दशकका ब्यस्त कलाकार अभिनेता चन्द्र शेखर वैद्यको निधन भएको छ । ९८ वर्षका वैद्यका मुम्बईको अन्धेरीस्थित आफ्नै निवासमा बुधबार बिहान भएको हो । चन्द्र शेखरको निधनको पुष्टि उनका नाति विशाल शेखरले गरेका छन् । उनले मिडिया कुराकानीका क्रममा हजुरबुबाको निधन भएको बताएका हुन् । उनले भने– ‘हजुरबुबाको शान्त तरिकाले निधन भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
चन्द्र शेखरले ५० को दशकमा जुनियर कलाकारको रुपमा अभिनय करियर सुरु गरेका थिए । थुपै्र फिल्ममा जुनियरको कलाकारको रुपमा काम गरेपछि उनलाई हिरोको रुपमा अभिनय अवसर मिलेको थियो । हिरोको रुपमा पनि उनले कयौं फिल्म अभिनय गरेका छन् । ११० भन्दा बढी फिल्ममा काम गरेका उनले १९६४ मा आएको फिल्म ‘चा चा चा’ र १९६६ मा आएको फिल्म ‘स्ट्रीट सिंगर’ निर्देशन समेत गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
