यो भारत जाने नेपालीहरुको लर्को हो, किन नेपाली आफ्नै देश छोडेर यसरी भारत जाँदैछन्?

सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआएपनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरुको लाम लाग्न थालेको छ ।महामारीको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन । तर महामारीको डरका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ ।“डोटीबाट मोटसाइकलदेखि पैदल यात्रासम्म गरेर धनगढी पुगेर अब मजदूरी गर्न जादैछु”, कञ्चनपुरको पुर्वी गौरीफन्टाबाट भारतको मुम्बै जान हिडेका दिपेन्द्र खड्काले भने, “यहाँ बसेर रोगबाट त बाच्यौ तर भोकले म र्ने स्थिती बनेपछि मुग्लान जानुको विकल्प रहेन ।”महामारी कहरका बेला गत चैत्रमा स्वदेश फर्किएका खड्काले स्थानीय स्तरमा रोजगारीका कुनै सम्भावना नहुनु दुखःद कुरो भएको बताए । “कृषि र पशुपालनमा लागेर गाउँमै बसेर जिविका चलाउने मन थियो”, उन भने,“ पारिवारिक अवस्था कम्जोर त्यो सम्भव भएन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment