पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मृगौला दान गर्ने महिला हुन् मेरिना चित्रकार। इन्द्रजात्राका अवसरमा कुमारीको रथमा परम्परागत चित्र बनाइरहेकी यिनै महिलाले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मृगौलादान दिएकी हुन्।केही दिनअघि उनको नयाँ दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो। उनी काठमाडौंको भीमशेन स्थानका स्थानीय हुन्। उनी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रबि चित्रकारकी दिदीकी छोरी हुन्। उनैले झलनाथ खनाललाई मृगौला दान गरेकी हुन्। दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि खनाल केही समययता भारतमा उपचाररत थिए ।मृगौलादाता चित्रकार ख्याती प्राप्त चित्रकार माणिकमान चित्रकारकी नातिनी तथा अमिरमान चित्रकारकी छोरी हुन्। ती दुबै जनाले नेपालमा कला क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यी हुन पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई मिर्गौला दिने महिला
By laxmi
August 31, 2021