यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृ’त्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी इन्दिरादेवी नरालको मृत्यु भएपछि उनका छोरीहरू १९ वर्षीया अर्चना, १७ वर्षीया अर्पना र १४ वर्षीया आशिका अहिले काजकिरियामा छन्। छोराले मात्रै काजकिरिया गर्नुपर्छ भन्ने रुढीवादी परम्परा बदल्न अर्चना र अर्पनाले त कपाल मुण्डन पनि गरेका छन्।तीन दिदिबहिनी आमाको इच्छा पूरा गर्न छोरासरह काजकिरियामा बसेको बताउँछन्। ‘हामीलाई आमाले सानैदेखि छोराछोरी बराबरी हो भन्नुहुन्थ्यो’, अर्चनाले भनिन्, ‘आमाले छोराछोरीबीच कहिल्यै विभेद सिकाउनुभएन, छोराले गर्ने काम तिमीहरूले पनि गर्न सक्छौं भन्नुहुन्थ्यो, आमाबुबाका लागि छोराछोरी नै हामी तीनजना हौं।’ कान्छी छोरी आशिकाले आमाले आफूलाई कपाल नखौरिनु है भनेकाले नकाटेको बताइन्। उनी पनि दिदीहरूसँगै किरियामा छिन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment