असार ३, मेलम्ची
मेलम्ची नदीमा बाढी आउन थालेको खबर पाएपछि स्थानीय सरकारका एक जना जनप्रतिनिधिले लिएको पहलकदमीले मेलम्ची बजार क्षेत्रका सयौं बासिन्दाको ज्यान जोगिएको छ।
मेलम्ची नदीमा आएको बाढीले १ असार साँझ सिन्धुपाल्चकको मेलम्ची बजार क्षतविक्षत बनाएको छ भने एक सय परिवार विस्थापित भएका छन्। पूरै बजार क्षतिविक्षत भए पनि मानवीय क्षतिबाट भने जोगिएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यति धेरै मान्छेको ज्यान जोगाउने श्रेय भने मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रुद्रप्रसाद दुलाललाई जान्छ। वडाध्यक्ष दुलालले लिएको पहलकदमीले मेलम्चीका सयौं बासिन्दाको ज्यान जोगिएको हो।खेतबारी तथा कामकाजमा गएका स्थानीय बासिन्दा पनि १ असार साँझ घर फर्किसकेका थिए। साँझाको खानपिन गर्ने समय भएको थियो। त्यही बेला आएको बाढीबाट कसरी मेलम्चीबासी जोगिएरु
वडाध्यक्ष रुद्रप्रसाद दुलालकै शब्दमा
उत्तरी क्षेत्रमा पानी परिरहेको खबर दिउँसैदेखि आइरहेको थियो। बाढीपहिरोको खबर थिएन। त्यसैले सबै आ–आफ्नो काममा व्यस्त थिए।हामी पनि निर्माणको काममा थियौं। मेलम्ची(११ को ऐतिहासिक पुल बजार क्षेत्रमा स्थानीय बासिन्दाको सहकार्यमा ढल तथा सडक ढलानको काम गरिरहेका थियौं।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
साँझ एकाएक ‘बाढी आउन लाग्यो, सुरक्षित रहनुस्’ भनेर फोन आयो। मलाई खबर आउने बित्तिकै सुरक्षा निकायलाई खबर गरेँ। मसँग भएका वडाबासीका सबै नम्बरमा पालैपालो फोन गरेँ। त्यसपछि सुरक्षाकर्मी र मेलम्चीका सबै सार्थीहरू परिचालन भए।
सबैको घरघरमा पुगेर ‘मेलम्चीमा बाढी आउँदै छ, नदी किनारतिर नबस्नुस्। माथि सुरक्षित ठाउँमा आउनुस्। घर छोड्नुस्’ भनेर खबर गर्यौं। घर छोडेर मेलम्चीबासी सुरक्षित ठाउँतिर जाँदै गर्दा बाढी आउन थालिहाल्यो। हेर्दाहेदै पूरै बजार डुब्यो।एक सय घर डुबानमा परेका छन्। अन्य एक सय जति घरमा पनि हिलो पसेको छ। खेतबारी सबै सखाप भएको छ। धनसम्पत्ति सबै सकिएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****