म विशेष धातुले बनेको ब्यक्ति हुँ, गुन्डाहरुले नतर्साए हुन्छ-माधवकुमार नेपाल

Samchar

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफुलाई गुन्डा शैलीमा तर्साउन खोजेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकटका ब्यक्तिहरुले तर्साउन खोजेको भन्दै वरिष्ठ नेता नेपालले धातुबाट बनेको मान्छेलाई तर्साउन चेतावनी दिएका छन् ।‘म विशेष धातुले बनेको कम्यूनिष्ट हुँ, कसैको धम्कि र हर्कतबाट म तर्सिनेवाला छैन’ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा नेता नेपालले भने ‘म हिडिरहेको सडकमा केही ब्यक्तिहरु मोटरसाइकलमा बसेर सिठठी फुक्दै मलाई तर्साउन खोजिरहेका थिए ।

तर म तर्सिनेवाल हैन, विशेष धातुले बनेको ब्यक्ति हुँ ।’नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महामहिमको संज्ञा दिएका छन् । विहीबार तुल्सीलाल प्रतिस्ठानबाटै ओलीले माधव नेपालसहितका नेताहरुलाई आममाफी दिएको उद्घोष गरेका थिए । ‘गल्ती गर्ने ओली माफि दिने पनि ओली’ भन्दै चौतफी विरोध भइरहेका बेला नेता नेपालले ओलीलाई ‘महामहिम’ को संज्ञा दिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *