पोखरा–२५, हेमजा कृष्ण परियार ( घुराने दमाईका नामले परिचित ) कि छोरी लिला परियार विगत तीन बर्ष अघिदेखि क्यान्सर रोग कारण पुनर्जीवन र मृत्युसँग निरन्तर लडिरहनु भएको छ ।म्याग्दीमा विवाह भए पनि हेमजामा सिलाई बुनाई गरि आफ्नो एक छोरा र श्रीमानसँग जीवनयापन चलाइरहनु भएको थियो । हाल पुनस् उहाँलाई उपचारको लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवन लगिएको छ ।तर परिवारको आर्थिक अवस्था एकदमै नाजुक भएको कारण उपचारमा समस्या उत्पन्न भइरहेको छ ।पैसाको अभावमा उपचार हुन नसकी अस्पतालको शैय्यामा मृत्युसँग लडिरहनु भएकी उहाँ अब सहयोगको आशामा हुनुहुन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
सामाजिक सञ्जाल फेसबुकमा कृष्ण खड्का भन्छन्, ‘हजुरहरुको सानो सानो सहयोगले उहाँलाई उपचारमा सहयोग पुग्ने र उहाँको एक मात्र छोरा टुहुरो र आमाको न्यानो मायाको काखबाट बन्चित नहोस् भन्ने हेतुले उहाँको दिदी गोमा परियारको बिशेष आग्रहमा आज मैले मेरो ब्यक्तिगत सामाजिक संजालबाट सहयोगको अपिल सहित जानकारी गराएको छु ।हजुरहरुको गर्नुभएको सहयोग मैले प्रत्यक्ष बिरामीलाई भेटेर हस्तारण गर्ने वाचाका साथ सहयोग गर्नुहुन हार्दिक विनम्रता पुर्वक अनुरोध गर्दछु ।’ सके आफुले सहयोग गर्न र नसके पनि यसलाई सक्दो शेयर गरेर सहयोगी मनसम्म पुरयाउन हार्दिक अनुरोध छ । सहयोगका लागि कृष्ण बहादुर खड्काको माछापुच्छ्रे बैंक लिमिटेड बगर शाखाको खाता नम्बरः १८४०५२४०८२३०९०१९ रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
