म्याग्दीमा पहिरोमा परेर घाइते भएकाको दुई दिनपछि उद्धार

म्याग्दी — मंगला गाउँपालिका–४ सिर्कुममा बुधबार बिहान पहिरोमा परेर घाइते भएकी ६० वर्षीया भीमकला बुढाथोकी र सुजिता छन्त्यालको दोस्रो दिन बल्न हेलिकोप्टरबाट उद्धार गरिएको छ ।लगातारको भारी वर्षापछि घर भत्कँदा च्यापिएर गम्भीर घाइते भएकी बुढाको कम्मरमुनिको भाग नचल्ने भएको थियो । छुट्टै पहिरोमा परेर घाइते भएकी छन्त्यालको पनि सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
बुढाथोकी र छन्तयाल दुवै घाइतेलाई बुधबार स्थानीयले बोकेर स्वास्थ्य संस्था पुर्‍याउने प्रयास गरे पनि पहिरोले पैदलमार्ग अवरुद्ध भएको र खराब मौसमका कारण हेलिकोप्टरबाट उद्धार गर्न पनि समस्या भएको थियो ।

बिहीबार स्थानीयले पहिरोमै पैदलबाटो बनाइ घाइतेलाई बोकेर गाउँपालिका केन्द्र रहेको बाबियाचौर ल्याएपछि हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment