मोरङमा भएको दुखद घटनाको रहस्य प्रहरीले पत्ता लागेको थियो । झण्डै डेढ महिना अघि भएको एक घटनाको जरोसम्म पुग्न प्रहरी सफल भएको हो । मकैबारीमा शव फेला परेको घटना अहिलेसम्म रहस्यमय मानिदै आएको थियो । तर प्रहरीका अनुसार प्रेममा परेकी सरितालाई उनकै प्रेमीका रुपमा देखिएका सुफल हस्दाले यो सन्सारबाट बिदा गरिदिएको खुलेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
मोरङको कानेपोखरी गाउँपालिकास्थित होक्लाबारीकी ३० वर्षीया सरिता सोरेनको शव वैशाख १९ गते प्रहरीले रतुवामाई नगरपालिका–६ को मकैबारीमा फेला पारेको थियो । वैशाख १७ गते घरबाट विवाहमा सहभागी हुने भन्दै घरबाट निस्किएकी सरिताको दुई दिनपछि वैशाख १९ गते मकैबारीमा त्यस्तो अवस्थामा शव फेला परेको थियो।
घटनाको करिब डेढ महिनाको अनुसन्धानसँगै प्रहरीले ३१ वर्षीय रतुवामाई–६ का सुफल हस्दालाई पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले घटनामा हस्दाको संलग्नता पुष्टि भएको जानकारी दिए ।
घटनापछि अनुसन्धानका क्रममा दुवैबीच ६ महिनादेखि प्रेम थियो । प्रहरी अनुसन्धानका क्रममा सरिताले विवाह गरी घर लैजान हस्दासमक्ष कर गरेका कारण घटना भएको खुलेको छ जसलाई तत्काल अस्वीकार गरेका हस्दाले सरितालाई त्यस्तो गरेको खुलेको प्रहरीले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
सुफलले भने दुईवटा बिहे गरिसकेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा सुफलका दुई श्रीमती र तीन सन्तान छन् । सरिता पनि एक सन्तानकी आमा हुन् । सरिताका पति बितेपछि सुफल नजिकिएका थिए । उनीहरुबिच पति पत्निबिच हुने सबै कुरा भएको र बिहे गर्न आग्रह गर्दा यस्तो घटना भएको प्रहरीले बताएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****