मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिने १ लाख सहयोग

काठमाडौं – मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न भारत जाँदै गर्दा देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।पैसा अभावका कारण उपचार गर्न नसकेर ३ बर्ष देखी शैयामा रेहकी उनलाई अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी हुन् । अस्पतालमा उपचाररत घिमिरेको अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

यस्तै मोडल घिमिरेको उपचारको लागि चर्चित अभिनेत्री तथा मोडल आँचल शर्माले पनि सहयोग गरेकी छन् । उनले अस्पतालमै पुगेर सहयोग गरेकी हुन् । आँचलले निशाको लागि नगद एक लाख रुपैया सहयोग गरेकी छिन् । यसअघि चलचित्रकर्मी कल्याणकारी कोषले ५१ हजार सहयोग गरेको छ ।यस्तै अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले पनि सहयोग गरेका छन् । उनीहरुले शनिवार मोडल घिमिरेको घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

निशाले फिल्म ‘मधेशीपुत्र २’ अभिनय गरेकी छिन् । भने तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

Leave a Comment