काठमाडौं । गत असार १ मा मेलम्ची नदीमा बाढी आउनुको कारण पत्ता लागेको छ ।हेलम्बु गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण मेलम्चीमा बाढी आएको जनाएको हो ।विज्ञ डा रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भाग पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको छ ।सूचनामा चौरको ७५ प्रतिशतमध्ये कति भाग अझै पहिरो जानसक्ने यकिन नभएको जानकारी गराएको छ । थप बाढी अउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत गाउँपालिकाले अनुरोध गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मेलम्ची नदीमा अचानक बाढी आउनुको कारण पत्ता लाग्यो (भिडियोसहित)
By laxmi
June 19, 2021