मेलम्चीमा २२ किलोमिटर भेलमा बगेको यो गर्भिणी भैंसी, यसरी भयो उद्दार (भिडियो हेर्नुस्)

काठमाडौ । पशु प्राविधिक चेतप्रसाद घोरासैनीले सामाजिक सञ्जाल फेसवुकमा एउटा भिडियो सार्वजनिक गरेका छन् । जसमा एउटा सुखद् अन्त्य भएको कथा छ । उनले सार्वजनिक गरेको भिडियोमा असार २ गते दिउँसो सिन्धुपाल्चोकको चनौटेमा मेलम्ची बाढीमा बगिरहेको एउटा भैँसी देखिन्छ । तर खोलाको बाढीमा बग्दै गरेको भैँसीलाई उद्धार गर्न कोही जान सक्ने अवस्था थिएन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बाढी यति ठूलो थियो की किनारमा बसेकाहरुले भैंसीलाई बगाउँदै गरेको देखे । स्थानीय रवि खड्काले त्यो भिडियो खिचेका थिए । भिडियोमा स्थानीयहरुको आवाज सुनिन्छ, ‘भैँसी जिउँदै रहेछ । अब त्यहाँबाट पनि लैजान्छ । र ग त निस्किएको रहेछ । बरु त्यसरी बस्नुभन्दा जाओस् । स्वर्गमा बास होस् ।’ हेर्दा हेर्दै ढुङ्गाहरू सँगै भैँसीलाई पनि बाढीले गुल्टाएर बगाउँछ ।

तर पछिल्लो भिडियोमा सो भैँसीको उद्दार भएको देखिन्छ । त्यो भैंसी हेलम्बु गाउँपालिका वडा नं। ६ किउल स्थित हेलम्बुका तारा शिवभक्तिको थियो । । उनको घर र गोठ बाढीले बगाएर अहिले बगर भएको छ । जिवन गुजारा गर्ने भैंसी फेला परेपछि उनी अहिले खुसी भएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनको घर भन्दा झण्डै २२ किलोमिटर परसम्म बगाउँदै लगेको भैंसी फड्केश्वरमा रोमन कार्की र धनबहादुर तामाङले उद्धार गरेर बाहिर निकालेका थिए । त्यसको उपचार पछि मेलम्ची नगरपालिकाको पशु शाखामा कार्यरत भेटनरी प्राविधिक चेतप्रसाद घोरासैनीले भैंसी धनीलाई हस्तान्तरण गरिसकेका छन् । उनले भैंसीधनीलाई भैंसी हस्तान्तरण गर्दाको तस्बिरहरु सार्वजनिक गर्दै लेखेका छन् ।

बाढी बगि आएको भैंसी सलतापूर्वक धनीलाई भैंसी हस्तान्तरण गरियो। साथै पिडित लाई भाडा संकलन गरी पठाइएको छ।गाडी भाडा सहयोग गर्नु हुने वयक्तिगतरूपमा अर्जुन प्रसाद घोरासैनी र अर्जुन प्रसाद तिवारी लाई धनयवाद दिँदै हामी सबै लाई बधाई***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment