सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी पहिरोका कारण पीडित बनेकाहरुलाई खाद्यान्न, सत्ता कपडा आदि सहयोग गर्ने क्रम सुरु भएको छ । यही क्रममा बर्गर हाउस टिमले काठमाडौंबाट मेलम्चीका बाढीपीडितलाई करिव ११ लाख बराबरको सहयोग सामाग्री पठाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
अविरल बर्षाका कारण सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ठूलो भौतिक र मानवीय क्षति पुगेकाले टिमले खाद्यान्न सहयोग गरेको टिमका अभियन्ताले बताए । ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ का संस्थापक वसन्त लामाको संयोजनमा करिव ११ लाख रकम बराबरको खाद्यान्न सामाग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको लामाले जानकारी दिए***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
मे’लम्चीका बाढीपीडितलाई बर्गर हाउसको सहयोग
By laxmi
June 18, 2021