मेलम्ची (सिन्धुपाल्चोक)- सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र बाढीको बितण्डाले तहसनहस छ। बस्ती र बजार नदीमा मिसिएको छ। केहीको मृत्यु भएको छ, कैयौं हराइरहेका छन् र धेरैका घर, व्यवसाय, खेत सबथोक सखाप भएका छन्। मेलम्चीको अवस्था हेर्दा लाग्छ यहाँ केहीथोक जोगिन पनि सम्भव रहेनछ। तर, यस्तो बितण्डामा पनि ठूलो मानवीय क्षति हुनबाट मेलम्ची बजार र आसपासका धेरै ठाउँ जोगिएका छन्। सम्पति सत्यानाश भएको छ तर त्यसको तुलनामा धेरैको ज्यान जोगिएको छ।
यो कसरी सम्भव भयो? मेलम्ची पुगेका हाम्रा सहकर्मी दुर्गा दुलाल र निमेषजंग राईलाई मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालले सुनाएको मंगलबार दिउँसोदेखि बुधबारसम्मको त्यो त्रासदः***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
हिजो (मंगलबार) दिउँसो चारबजे एक्कासि हामीलाई फोन आयो। त्यो माथिल्लो क्षेत्रबाट आएको फोन थियो। फोनमा खबर पनि आयो, हेलम्बु र पाँचपोखरीबाट निकै ठूलो बाढी आएको छ। तत्काल तल्लो क्षेत्रका मानिसहरुलाई सुरक्षित बनाउनुहोला।
सुरुमा त हामीलाई त्यो खबर पत्याउनै मुस्किल भयो। किनभने त्यस्तो भीषण बाढी आउनेगरी पानी परेको थिएन। छेउमै बगिरहेको मेलम्ची पनि त्यस्तो अस्वाभाविक थिएन, सामान्य रुपमै बगिरहेको थियो।
तर, केही समयपछि नै इन्द्रावती नदीमा वाढी आउन सुरु भयो। अनि हामीलाई लाग्यो, माथ्लो बेल्टबाट आएको खबर सही रहेछ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****