‘मेरो प्रस्तुति हेर्नुभयो भने पूर्व युवराज पनि खुसी हुनुहुन्छ’

Samchar

मिडिया होस् या सामाजिक सञ्जाल यति बेला चर्चा भरतमणि पौडेलकै छ । कमेडी रियलिटी शो ‘कमेडी च्याम्पियन–२’ का का प्रतियोगी पौडेल आफ्ना दमदार प्रस्तुतिले दर्शक तथा निर्णायकका प्रिय बनेका हुन् । गोकुल बाँस्कोटाको क्यारिकेचर गरेर चर्चित बनेका पौडेल शनिबार पूर्व युवराज पारस शाहको नक्कल गर्दै उपाधिका नजिक पुग्न सफल भएका छन् । शनिबार उनी ‘पर्फमर अफ द राउण्ड’ हुँदै सिधै फाइनलमा पुगेका छन् ।

ऊनले भने: एकदमै खुसी छु । फाइनलमा पुग्छु नै भन्ने लागेको थियो किनभने पूर्व युवराज पारस शाहको पात्रलाई एकदमै धेरै न्यायपूर्वक प्रस्तुत गरेको थिएँ । देशमा भइरहेको राजनीतिक अस्थिरता माथि तिखो व्यङ्ग्य समेत प्रहार गरेको थिएँ । मेरो प्रस्तुति आम जनसमुदाय, समाज, देशको परिवेशमा मिल्ने खालको र सबैले रुचाउने खालको प्रस्तुति भएको कारण म फाइनलमा पुग्छु भनेर ढुक्क थिएँ । ‘पर्फमर अफ द राउण्ड’ हुन्छु भन्नेमा पनि ढुक्क थिएँ ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *