मेराे सरकारकाे ४२ महिनामा प्रदेशमा काँचुली फेरिने गरी काम भएकाे छ : डाेरमणि पाैडेल

Samchar

मकवानपुर – वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो सरकारको ४२ महिनामा प्रदेशका जिल्लासँगै हेटौँडामा काँचुली फेरिने गरी काम गरिएको बताउनुभएको छ । आज बिहीवार पत्रकार सम्मेलन गर्दै उहाँले हेटौँडाका हरेक क्षेत्रमा विकासले गति लिएको बताउनुभयो । हेटौँडा राजधानी भएकाले अब यहाँको विकासलाई कसैले चाहेर पनि रोक्न नसक्ने पौडेलको तर्क छ । अहिलेसम्म आफ्नो नेतृत्वको सरकारले गरेका काम अत्यन्तै राम्रो रहेको उहाँले दाबी गर्नुभयो । हेटौँडाको अस्पताल, रङ्गशाला, सडक निर्माणलगायतका क्षेत्रमा धेरै विकास गरिएको उहाँले बताउनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

हेटौँडा ६ गौरीटारमा रहेको राष्ट्रिय खेलकुद प्रतिष्ठानमा खेलकुद विकासका विभिन्न काम भइरहेको बताउँदै निवर्तमान मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘हेटौँडा प्रदेशको राजधानी भएको छ । अब यहाँको विकासलाई कसैले रोक्न सक्दैन । म सरकारमा भए पनि नभए पनि प्रदेशको राजधानी विकासको लागि प्रदेश सरकारले काम गर्नेछ । म हुँदा चाँडो हुन्थ्यो होला, नहुँदा ढिलो हुन सक्छ तर काम हुनबाट कसैले रोक्न सक्दैन ।’तीन वर्षमा प्रदेशको १३ वटै जिल्लामा विकासका काम भएको बताउँदै उहाँले भन्नुभयो, ‘आफूले तीन वर्ष मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दा प्रदेशको भौतिक पूर्वाधार, सामाजिक, स्वास्थ्य, शिक्षा, खेलकुद, सुशासनको क्षेत्रमा महत्त्वपूर्ण काम भएको छ ।’मुख्यमन्त्री पौडेलले हिजो बुधवार नेकपा एमाले पार्टीको एकता हितका लागि भन्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य डोरमणि पौडेलले नेकपा एमालेमा अब कुनै पनि गुट–उपगुट नरहेको बताउनुभएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

पार्टीलाई जोगाउनका लागि आफूले राजीनामा दिएको बताउँदै उहाँले भन्नुभयो, ‘मलाई पद छोड्नुपर्दा कुनै दुःख लागेको छैन । जसरी पनि १५ महिनापछि त पद छोड्नै पथ्र्यो । अहिले छोड्दा पार्टीको ठूलो फुट हुनबाट जोगाएको छु । पार्टीभित्र हिजो गुट थियो । अब हुने छैन ।’ वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पार्टी फुटको विरुद्धमा लाग्नु भएकाले आफूले मुख्यमन्त्री छोडेर उहाँलाई बनाएको पौडेलले बताउनुभयो ।
निवर्तमान मुख्यमन्त्री पौडेलले प्रतिकूलताका बीच पनि साढे तीन वर्ष काम गर्दा असन्तुष्ट हुनुपर्ने कुनै पनि कारण नरहेको दाबी गर्दै अरू प्रदेशको भन्दा वाग्मती प्रदेशमा बढी काम भएको पनि दाबी गर्नुभयो ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *