मृत्यु भएर अन्तिम संस्कारको तयारी हुँदै थियो, आमा रोएको सुनेर ६ बर्षिय बालक फेरि भए जिवित

सास गै सकिएको भनिएका बालकको होस फर्केको छ । त्यति मात्र होइन, उनी ठीक समेत भएका छन् । भारतको दिल्लीको एक अस्पतालमा उपचारका लागि ल्याइएका ६ वर्षका ती बालकलाई डाक्टरहरुले मृ त घोषित गरेका थिए । त्यसपछि बालकको शवलाई उनीहरुको गाउँ हरयाणाको बहादुरगढ लगिएको थियो ।भारतीय अखबार दैनिक भास्करका अनुसार बालकको अन्तिम संस्कारको तयारी भइरहेको थियो । आमाले आफ्नो छोराको टाउकोमा चुम्दै ‘उठ बाबु उठ’ भनिरहेकी थिइन् । त्यही बेला बालकको शरीरमा हलचल भयो । बालकको फेरि उपचार सुरु गरियो र मंगलबार ती बालक रोहतकको अस्पतालबाट हाँस्दै खेल्दै आफ्नो घर गए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बहादुरगढका हितेश र जाह्नवीका अनुसार उनीहरुका छोरालाई टाइफाइड भएको थियो । उनलाई उपचारको लागि दिल्ली लगिएको थियो । २६ मेका दिन डाक्टरहरुले उनलाई मृ त घोषित गरिदिए । उनीहरु छोराको शव लिएर बहादुरगढ फर्किए । बालकका हजुरबुवा विजय शर्माका अनुसार उनीहरुले शव रातभरी राख्नको लागि बरफ र बिहान गा ड्नको लागि नुनको व्यवस्था गरिसकेका थिए । गाउँलेहरुलाई बिहान श्मसान आउन भनिएको थियो ।

बालककी आमा जाह्नवी र ठूलीआमा अन्नुले रुँदै बालकलाई हल्लाउँदै उठ्न भनिरहेका थिए । केही समयपछि प्याक गरिएको शवमा हलचल देखियो । त्यसपछि पिता हितेशले बालकको अनुहार कपडाको प्याकिङबाट बाहिर निकाले अनि मुखबाट सास दिन थाले ।

छिमेकी सुनिलले बालकको छातीमा हल्का दबाब दिन थाले । यस्तो गरेको उनीहरुले फिल्ममा देखेका थिए । यही बीचमा बालकले पिताको ओठमा दाँत गा डे । त्यसपछि २६ मेको रातमै बालकलाई रोहतकको एक निजी अस्पताल लगियो ।

डाक्टरहरुले बालकको बाँच्ने सम्भावना १५ प्रतिशत मात्रै भएको बताएका थिए । उपचार सुरु भयो । बालकको स्वास्थ्स्थमा तीब्र रुपमा सुधार भयो र उनी पूरै ठिक भएर मंगलबार घर पुगे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अहिले बालकका पिता हितेश आफ्नो ओठमा छोराले दिएको घाउ देखाएर खुसी मनाइरहेका छन् । हजुरबुवा विजय यसलाई चमत्कार बताइरहेका छन् । आमाले भगवानले उनका छोरामा फेरि सास राखिदिएको मान्छिन् । यसबाट परिवार मात्रै होइन गाउँ नै खुसी भएको समाचार दैनिक भाष्करमा छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment