मुख्यमन्त्री बन्ने इच्छा थिएन तर केपी को टेन्सनले: भीम आचार्य

Samchar

१५ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफू चाहना नहुँदा नहुँदै मुख्यमन्त्री बनेको टिप्पणी गरेका छन् । मुख्यमन्त्री बनेको पाँच दिनपछि मंगलबार प्रदेश १ सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा उनले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै नरहेको प्रतिक्रिया दिएका हुन् ।‘यसमा (मुख्यमन्त्रीमा) मेरो कुनै इच्छा पछिल्लो पटक थिएन, अहिले पनि छैन खासै,’ उनले कार्यक्रममा भने ‘मैले पाँच वर्ष अघि इच्छा गरेको थिएँ । त्यसका लागि काम गर्ने निश्चित मिसन थियो ।’पाँच वर्ष अघि प्रदेश १ को विकास र समृद्धिको गुरुयोजना र कानुनको मस्यौदा गरेर तयार रहे पनि काम गर्न नपाएको मुख्यमन्त्री आचार्यले बताए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैमा उनलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको थियो । तर प्रदेशसभा संसदीय दलको नेतामा उनी शेरधन राईसँग पराजित भएपछि मुख्यमन्त्री हुनबाट वञ्चित भएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *