मुख्यमन्त्रि राइको सिको गर्दै कर्णालीका सौखिन मुख्यमन्त्री : पत्नीलाई हेलिकप्टरमा घुमाउदै

Samchar

कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको हेलिकप्टरमोह यतिबेला प्रदेशभर चर्चाको विषय बन्न थालेको छ । ‘गरिब प्रदेश’ को उपमा पाएको कर्णालीको सरकारका नेतृत्वकर्ता भने झिनामसिना कामका लागि पनि हेलिकोप्टरमा यात्रा गर्न रुचाउँछन् । गत भदौ ३ गते मुख्यमन्त्री शाही पत्नी चन्दासहित हेलिकप्टर चढेर आफ्नो गाउँ पचाल झरनामा पुगे । उक्त आकाश यात्रामा उनीहरुलाई कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर शाहीले साथ दिएका थिए । यसका लागि साढे दुई लाख खर्च भएको थियो ।सान्नी त्रिवेणीधाममा पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन भन्दै मुख्यमन्त्री जन्मस्थानमा पुगेका हुन् । उनको घर भएको पचला झराना र सान्न त्रिवेणी धाम छिमेकी गाउँपालिका हुन् । मुख्यमन्त्री शाहीले आफ्नै गाउँमा लगेर हेलिकप्टर ल्यान्ड गराएका थिए ।

उनकी श्रीमती चन्दा शाहीले सामाजिक सञ्जालमा चार वर्षपछि कर्मघर पुगेको भनेर सामाजिक सञ्जालमा जानकारी गराएकी छन् ।सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष शाहीले भने आफुहरु त्रिवेणी क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन सम्भाव्यता अध्ययनका लागि हेलिकप्टरमा गएको बताए ।‘हो, हामी अस्ति हेलिकप्टरमा गएका हौं । त्यसको खर्च साढे दुई लाख हो,’ उनले भने, ‘यस क्षेत्रको प्रचारप्रसार गर्ने चाहनाले त्यहाँ गएका हौं । अब हामी सम्भाव्यता अध्ययन गर्न लाग्नेछौ ।’इन्जिनियर पनि आइसकेको भन्दै उनले मुख्यमन्त्रीले हेरिसकेपछि बाँकी काम अघि बढ्ने बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *