माधव नेपाल समूहले छान्यो मन्त्रीको नाम, को-को बने मन्त्री ?

Samchar

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि अन्तिम प्रयत्न भइरहेको बताएका छन् ।काठमाडौंमा उपलब्ध आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकताको अन्तिम प्रयत्न भइरहेको बताए । त्यसका लागि उपमहासचिव घनश्याम भुसालले सम्वाद गरिरहेको समेत नेता नेपालले जानकारी दिए ।
तर अध्यक्ष ओलीले सांसदहरुलाई कारबाही गर्ने, केन्द्रीय कमिटीको विवरणहरु पठाउने जस्ता गतिविधि गरे नयाँ पार्टी बनाएर अघि बढ्ने उनले बताएका छन् ।बैठकमा केन्द्रीय सदस्यहरुमध्ये ठाकुर गैरे मात्र बोलेका थिए । उनले नेता नेपाललाई विष पिएर भए पनि पार्टीको एकता जोगाउन आग्रह गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यता एमाले अध्यक्ष केपी शर्मा ओली समुहको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनालाई सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको छ । ओलीले पठाएको पदमुक्त गर्ने पत्र संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको छ ।पार्टी विभाजनमा लागेको भन्दै उनीहरुमाथि कारबाहीको निर्णय गरी पत्र पठाइएको बुझिएको छ । कारबाहीमा परेकाहरु यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदमध्येका हुन् । तर, अध्यक्ष केपी शर्मा ओलीको गुट छाडेर गएका प्रेम आलेसहितका सांसदहरु भने कारबाहीको सूचीमा परेका छैनन् ।

कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी छन् ।
उनीहरुलाई कारबाही गरेकाले पदमुक्त गर्न भन्दै एमालेले संसद सचिवालयमा पत्र पनि पठाएको छ ।स्रोतका अनुसार कुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी मन्त्री बन्ने पक्का भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *