माधव नेपाल पक्षमा ८० भन्दा बढी केन्द्रीय सदस्य पुगे, ओली अल्पमतमा

Samchar

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्य बढीभन्दा बढी तान्ने अभियान नै चलाएको छ । उक्त पक्षका माधवकुमार नेपाल र बामदेव गौतम स्वयं सक्रिय भई अभियान चलाएका हुन् ।माधव नेपाल पक्षले नवौं महाधिवेशनबाट निर्वाचित २०३ मध्ये ८० जनालाई आफ्नो पक्षमा पारिसकेको दाबी गरेको छ । माधव नेपाल पक्षका एक नेताले रिपोर्टर्स नेपाललाई बताए अनुसार ८० जनाको हस्ताक्षर संकलन भइसकेको छ ।

हिजोसम्म ७० जना केन्द्रीय सदस्य पक्षमा रहेकोमा आज विहानसम्म १० जना थपिएको ती नेताले बताए ।आफ्नो पक्षका केन्द्रीय सदस्य बाहेकसँग नेपाल पक्षका नेताहरुले सम्पर्क बनाइरहेका छन् ।७० जना माधव पक्षमा अडिग बसेका केन्द्रीय सदस्य रहेको र बाँकी ५० जनासँग कुराकानी गरी पक्षमा पार्ने प्रयास चल्दै आएको थियो । ८३ जना ओली पक्षबाट टसमस नहुने खालकासँग नेपाल पक्षले सम्पर्क बनाएको छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *