माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै, बानेश्वरमा बैठक

Samchar

नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको नेकपा एसका केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिए । बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ । सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । छिट्टै सरकारमा जाने पार्टीको योजना रहेको केन्द्रीय सदस्य आलेले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *