गत वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा पक्षमा मतदान नगर्ने १४ जना सांसदलाई पदमुक्त गर्न सिफारिस गरेको छ। एमाले संसदीय दलको बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा सिफारिस पठाइएको हो।
कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (नामावली सहित)
By laxmi
August 17, 2021