नेकपा (एमाले)का सचिव योगेश भट्टराईले माधवकुमार नेपालले बदलीय परिस्थितिमा पनि शेरबहादुर देउवाको निवास वुढानिलकण्ठ तर्फको मोह छाड्न नसके आफू लगायत धेरै साथीले उहाँको साथ छाड्ने बताउनुभएको छ । सगरमाथा टेलिभिजनको एसटीभी च्याटमा प्रकाश गिरीसँग कुरा गर्दै उहाँले बदलीय परिस्थितिमा पनि उहाँले सकारात्मक दिशा नसमाते उहाँको पछि नलाग्ने स्पष्ट पार्नुभयो ।
उहाँले चित्त नबुझ्दा नबुझ्दै माधव नेपालले नयाँ पर्टी खोल्नुभयो भने पनि त्यसमा नलाग्ने उद्घोष गर्नुभयो । उहाँले नेकपा एमाले जेठ २ को अवस्थाबाट अघि बढ्नुपर्ने र प्रतिनिधिसभा पुनस्थापना भए एमाले चाँडै नै एकढिक्का भएर अघि बढ्ने बताउनुभयो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको आआफ्नो ठाउँमा सवल र दुर्बल पक्ष रहेको भन्दै एमालेका लागि सबैले त्यग गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय अध्यक्ष ओली र वरिष्ठ नेता दुबैको तर्फबाट पार्टी एकताका लागि सहयोग पुग्ने सहमतिका बुँदाहरू प्रस्तुत भएको बताउनुभयो ।
भट्टराई निकटका सिन्धुलीका गणेश पहाडी वर्तमान सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व सम्हाली रहनुभएको छ । भट्टराईले १५ सिट भएको जसपाका ११ जना मन्त्री बनाएर प्रधानमन्त्रीले गल्ती गरेको पनिब बताउनुभयो ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>