माधव नेपालले अन्तिममा दिए धोका! बैठकमा यस्तो सुनेर देउवा परे छक्क

Samchar

काठमाडौ । नेकपा एमालेको माधव नेपाल समुह सरकारमा सहभागी नहुने कुरा दोहोर्याएको छ । एमाले एकताको प्रयास कामय रहेका कारण सरकारमा नजाने भएका हुन् । मन्त्रीमण्डल विस्तारलगायत विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एमाले नेता विजय पौडैलले आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

पौडेल वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट गठबन्धन बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गर्दा उनले त्यस्तो जवाफ दिएका हुन् । यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा वरिष्ठ नेता नेपालले आफूहरू सरकारमा सहभागी हुने बताएका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रचण्डले नेपाल समूह पनि सरकारमा सहभागी हुने र बुधबार मन्त्रीमण्डल विस्तार हुन सक्ने बताएकै बेला यस्तो अप्रत्याशित भनाई आएको हो । त्यसैको छलफल गर्न गठबन्धन बैठक बोलाइएको थियो । नेपाल पक्षले संविधान जोगाउन मात्र आफुहरुले देउवालाई साथ दिएको बताएका छन् । एकताको पहल चलिरहेकाले नैतिक रुपमा पनि आफुहरु सरकारमा सहभागी हुन नमिल्ने नेपाल पक्षका नेताको भनाई छ । नेपाल पक्षले गठबन्धनलाई भन्यो, हामी सरकारमा सहभागी हुन मिल्दैन, तपाईंहरूले मन्त्रीमण्डल छिटो विस्तार गरेर फटाफट काम गर्नुस्***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *