काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालप्रति असन्तुष्टि जनाएका छन् ।१० बुँदे सहमतिको आधार मान्नेलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा भएको उनले भनेका छन् ।माधवकुमार नेपाललाई लक्षित गर्दै रावलले बिहीबार ट्वीटमार्फत दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेससँग सहकार्य गरी पदमा जान खोज्नेले दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा भएको बताएका हुन्। उनले पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भएका नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु झनै आश्चर्यजनक भएको बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

माधव नेपाललाई गाली गर्दै भीम रावलले जब यस्तो ट्वीट गरे…
By laxmi
August 26, 2021