माधव नेपालको नयाँ पार्टीमा यी ‘प्रभावशाली नेता’हरु नजाने !

Samchar

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ताको अन्तिम तयारी गरेको छ । पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने निर्णय भएको छ ।
चुनाव चिह्न खुला किताब राख्ने नेता जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि चुनाव चिह्न सूर्यमा दाबी गर्ने तयारी थियो तर निर्वाचन आयोगले मान्यता नदिने निष्कर्ष निकाल्दै खुला किताब राख्ने निर्णय भएको हो । खतिवडाका अनुसार आजै निर्वाचन आयोग जाने तयारी छ ।सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले औपचारिक रूपमा विभाजनतर्फ अग्रसर भएको हो ।

तर, माधव नेपाललाई पछिल्ला समय उनकै पक्षमा रहेका प्रभावशाली नेताहरुले साथ दिने संकेत गरेका छन् । स्रोतका अनुसार नेताहरु भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई र युवराज ज्ञवाली नेपालको नयाँ पार्टीमा नजाने भएका हुन् ।
उनीहरु पार्टी फुटको पक्षमा नरहेको बताउँदै आएका छन् । साथै, अध्यादेशको पनि विरोध गरिरहेका छन् । पछिल्ला नेपाल पक्षका बैठकहरुमा समेत यी नेताहरु थोरै उपस्थित हुँदै आएका थिए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *