माधवलाई २० प्रतिशत पुग्न नदिन ओलीले फाले अर्को अस्त्र, अब के होला ?

Samchar

काठमाडौँ–आन्तरिक विवादमा फसेको सबैभन्दा ठूलो दल नेकपा (एमाले) औपचारिक रुपमै विभाजित बनेको छ तर वैधता भने पाइसकेको छैन ।पूवप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । बुधबार सो विषयमा निर्वाचन आयोगमा सनाखत हुँदैछ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सनाखतपछि सो दलले मान्यता पाउने छ । त्यसैले एमालेले माधव समूहलाई अध्यादेशमार्फत सहज पारिएको विभाजनको प्रक्रियालाई पनि रोक्ने रणनीति लिएको छ । राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

अध्यादेशको यो व्यवस्थापछि माधव समूहले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ । नेता नेपालले संसदीय दल र केन्द्रीय सदस्यको संख्या २० प्रतिशत पुर्‍याइने बताएका छन् । उनले मंगलबारमात्र पत्रकार सम्मेलन गरेर दुबैतर्फ आवश्यक संख्या पुर्‍याइने बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *