माधवकुमार नेपालले भने-तत्काल कुनै पनि पार्टीसँग एकता गर्दैनौं

Samchar

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन्।आइतबार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताएका छन्।सञ्चार माध्यममा एकीकृत समाजवादी पार्टी अन्य पार्टीसँग एकता गर्न लागेको, अरुको पार्टीमा गएर विलिन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उनले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गरे। आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरु विद्यमान रहेको भन्दै उनले पार्टी एकता नहुने स्पष्ट पारे।

‘अहिले नै हामी अरु कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौं। पार्टी एकता हुने छैन। यो पनि प्रष्ट पार्न चाहान्छु म। कतिचोटी भन्नुपर्छ प्रष्ट पार्न चाहान्छु। यहि शन्देश जाओस् मिडियाको माध्यमबाट’, उनले भने, ‘कसैकसैले के भन्ने गर्‍या छन् भने अरूको टाङ मुनि छिर्न गइरहेका छन्, अरुको कार्यकर्ता बन्न गइरहेका छन्। तुरून्तै अर्को पार्टीमा समाहित भएर विलिन हुन गइरहेका छन्। त्यो सबै वाहियात प्रचार हो। कुनै सत्यता छैन त्यसमा। हाम्रो संगठनको संरचना विद्यमान छ तलतल, अलरेडी विद्यमान छ गाउँ गाउँमा, टोल टोलमा, बस्ती बस्तीमा, जिल्ला जिल्लामा, जनसंगठनहरुमा । समानान्तर रुपमा सबै कमिटीहरु विद्यमान छन्।’
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *