माधब नेपाल लोभी, पापी, चरम व्यक्तिवादी, अवसरवादी र गद्दार हो: नविना लामा

Samchar

काठमाडौं । नेकपा (एमाले) की नेतृ तथा सांसद नविना लामाले एमाले फुटाएको भन्दै माधव नेपालप्रति आक्रोश पोखेकी छिन् । उनले माधव नेपालको रवैयालाई कार्यकर्ता र पार्टीका शुभचिन्तक अनि आम जनताले कदापी छुट नदिने उल्लेख गरेकी छिन् । उनले माधव नेपालालई लोभी, पापी, चरम व्यक्तिवादी, अवसरवादी र गद्दारको संज्ञा दिएकी छिन् ।सामाजिक फेशबुकमार्फत उनले आफ्ना धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएकी हुन् । उनले लेखेकी छिन्,‘सामाजिक संजालमा गौरवशाली जनताको प्रिय पार्टीको विभाजनमा केही मानिसहरु रमाएको देखेर केही लेख्न मन लाग्यो।

आफुलाई जनताका मुक्तिदाता ठान्ने केही विभिषणले बनाएका क। माधव कुमार नेपालको नेतृत्वले आज पार्टी विभाजन गरेर दर्ता प्रक्रिया जुन ढङ्गले अघि बढाएको छ, त्यो रवैयालाई कार्यकर्ता र पार्टीको शुभचिन्तक अनि आम जÞनताले कदापी छुट दिने छैनन्।’५० वर्ष पार्टीमा अविछिन्न शासन गर्ने माधव नेपाललगायत अरु नेताहरुलाई आजको स्थानमा आईपुग्नको लागि लाखौं कार्यकर्ताले ठूलो योगदान पुर्याएको र बलिदानी दिएको कुरालाई नेताले बिर्सिन मिल्छ भनेर पनि लामाले प्रश्न उठाएकी छिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *