१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने भएको छ ।
नेकपा एमालेबाट अलग भएका आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाएका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधार बनाउने पहिलो प्राथमिकता भएको बताए ।शनिबार ललितपुरमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वाम लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।उनले भने, ‘अरु कुनै पार्टीसँग तत्काल एकता गर्ने छैन । यो पार्टी माओवादीमा गएर मिल्छ कि भन्ने भ्रम नराखे हुन्छ । अहिले यो पार्टीको आधार बलियो बनाउने छौं ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

माओवादीसँग तत्काल पार्टी एकता हुँदैन : माधव नेपाल
By laxmi
August 28, 2021