महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर माधव नेपालले खाल्डो खने : केपी ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले महासागरजत्रो पार्टी भएको बताएका छन् । उनले एमालेसँग कोही लड्न नसक्ने भन्दै जति मोर्चाबन्दी गरेपनि एमाले नै ठूलो पार्टी भएको बताए । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘एक एक दर्जनका १० वटा पार्टी मिल्यो भने १० दर्जन नै त हुन्छ । १० दर्जनको मोर्चा कसेर एमालेसँग लड्ने ?’ उनले कटाक्ष गरे, ‘अरुले मोर्चाले कसुन्, नेकपा एमाले ढोडका लौरा समातेर जंघार तर्ने पार्टी होइन, यो पार्टीसँग पौडिएर तर्ने क्षमता छ ।’पार्टी फुटाएर गएका माधव नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनले महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर खाल्डो खनेको बताए । माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिँदै उनले भने, ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+