अन्तर्वार्ताको क्रममा पत्रकार पाण्डेले तपाईं लगायत तपाईको टिम किन आक्रमण शैलीमा देखा पर्छ के संयमता अपनाउनु पर्दैन भनेर प्रश्न गर्दा शाहीले भनेका छन् ,”हाम्रो शैली देख्दा र हेर्दा आक्रमक लाग्ला तर नियत खराब छैन र हुनेछैन । यो शैलीमा पनि सच्याउदै अघि बढ्ने समेत उनले अन्तर्वार्ताको क्रममा नै प्रण गरेका छन् ।
सुर्खेतमा भएको खास के हो? किन मादक पदार्थ सेवन गर्नु भएको शाही जी भनेर पाण्डेले सोधखोज गर्दै गर्दा शाहीले अहिले सम्म मादक पदार्थको स्वाद नै थाहा नपाएको दावी गरेका छन् । बारम्बार सामाजिक संजालमा सेनिटाईजरले मातेको भनेर आलोचना हुँदै गर्दा शाहिले अन्तर्वार्तामा यसरी खुलाएका छन् ।
उनले थप्दै भनेका छन् नेपालमा सत्कर्म गर्नेको खासै स्थान छैन छ त केवल पार्टीमा आश्रीत को अनि धनाड्यको नत्र जनताको खासै छैन! पत्रकार पाण्डेले अभियान्ता शाहिलाई किन तपाईंहरु माथी प्रश्न र आलोचना गर्न नपाईने भनेर सोध्दा उनले भनेका छन् ,”हामिलाई तथ्यसंगत आलोचना र टिकाटिप्पणी गर्न बन्देज छैन त्यो हामी सहजै स्विकार्दै अघि बढ्ने छौं भनेका छन् ।
तपाईको आयस्रोत के हो? कसरी अभियन्ता बन्दै सबैलाई गाली गर्दै हिड्नु भएको छ भन्ने प्रश्नलाई शाहिले मेरो कम्पनी थियो र अहिले पनि छ साथै अहिले म दाजुकोमा बस्दै छु सबै दाजुको बाट नै हुन्छ भनेर प्रष्ट पारेका छन् । साथै फेस्बुक पेज मनिटाईज छ अनि त्यसै बाट पनि अलि अलिक कमाई हुने समेत भनेका छन् । बाँकी कुरा अन्तर्वार्तामानै रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****