मन्त्री बन्ने पक्का भएका गगन थापालाई अन्तिममा आएर आफ्नै कारणले लाग्यो ठूलो धक्का, प्रधानमन्त्री देउवाले यसरी लिए बदला !

केही दिन अघि नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापा मन्त्री बन्ने पक्कापक्की नै थियो । चर्चामा आउन जस्तो फण्डा पनि गर्न खप्पीस गगन थापालाई यसपटक भने यही बानीले ठूलो धक्का दिएको छ ।

उनी स्वास्थ्यमन्त्री बन्ने पक्का भएको भन्दैँ केही मिडियाहरुमा समाचार पनि आए । तर नेता थापाले आफ्नै पार्टीका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवासँग निहु खोजेपछि वर्तमान सरकारमा मन्त्री बन्ने सपना सपनामै सिमित रहने निश्चित जस्तै भएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य उपचारमा लाग्ने सरकार वर्तमान सरकारले गर्ने प्रधानमन्त्री देउवाको विरोधमा उत्रिनु नै नेता थापाका लागि अभिशाप सावित भएको स्रोतले बतायो । आफ्नै पार्टीका सरकार र त्यसका प्रधानमन्त्रीको कदमविरुद्ध अभिव्यक्ती दिएपछि देउवा उनीसँग बिच्किएको बालुवाटार निकट स्रोतले अनलाइनमार्गलाई बतायो ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला उपप्रधानसहित स्वास्थ्य मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले कोइरलालाई मन्त्री बन्न प्रस्ताव गरेका थिए । देउवाको प्रस्ताव कोइरालाले सहर्ष स्वीकारेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रधानमन्त्री देउवाले शशांकलाई उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न प्रस्ताव गरेका थिए । यसमा शशांकले सकारात्मकरुपमा ‘हुन्छ, म सभापति नेतृत्वको सरकारमा सहभागी हुन तयार छु’ भनेको श्रोतको भनाई छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment