सुर्खेत । २०७७ साल जेठ २२ गतेको कर्णाली प्रदेशसभा बैठकमा बोल्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले भनेका थिए, ‘हाम्रो प्रदेश गरिब छ, मुख्यमन्त्री र मन्त्रीहरुले समेत गाडी होइन, मोटरसाइकल चढ्नु पर्छ ।
त्यसपछि उनले विपक्षी दलको नेताका हैसियतमा प्रदेशसभा सचिवालयबाट पाएको स्कारपियो गाडी पत्रकारको रोहबरमा फिर्ता गरेर मोटरसाइकल चढे । उनले गाडी फिर्ता गरी मोटरसाइकल चढेको विषयले निकै चर्चा पायो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
तर मोटरसाइकल चढ्न थालेको डेढ महिनापछि फेरि सरकारी गाडीमा हुइँकिन थालेका छन् । त्यो पनि चानचुने होइन, प्राडोमा । मुख्यमन्त्रीबाट सरकारी गाडी उपहार पाएपछि अनैतिक तरिकाले त्यसमा रातो नम्बरप्लेट हालेर चढिरहेका छन् शाही ।
गाडी छाडेर मोटरसाइकल चढ्ने घोषणा गर्दै नेता शाहीले भनेका थिए, ‘जनता खान नपाएर बसिरहेका छन् । हामीले महङ्गा गाडी चढ्नु हुँदैन । मुख्यमन्त्री र मन्त्रीहरुलाई गाडी चढ्नै मन भए पनि सस्ता गाडी प्रयोग गर्न सुझाव दिन्छु ।’
प्रतिपक्षी दलबाट सत्ता पक्षको सांसद भएपछि अहिले उनले लिँदै आएको सबै सरकारी सेवासुविधा फिर्ता लिएको छ । वैशाख ३ गते माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेस सत्तापक्षको भयो । त्यसपछि वैशाख ५ गते सचिवालयले प्रतिपक्षी दलको नेताका हैसियतमा शाहीले प्रयोग गरेको गाडी फिर्ता लिएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****