मनाङमा हेलिकप्टरबाट ३५ जनाको उद्धार

हेलिकप्टरले मनाङको नासों गाउँपालिका–१, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा लगेको छ । सानों गाउँपालिका–५, थोंचेका ११ जनालाई उद्धार गरी चामेमा लगिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।यस्तै, नासों गाउँपालिका ६, ताम्राङमा रहेका १६ जनाको उद्धारको प्रयास भइरहेको छ । विघटित प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले चामेमा पानीको अभाव भएपछि निजी हेलिकप्टरमार्फत खानेपानी लगिएको बताए । उनका अनुसार ३ दिनदेखि बाढीका कारण फसेकाहरुको उद्धार गरिरहेको बताए ।‘बाढीका कारण भौगोलिक रुपमै समस्यामा परेकालाई उद्धार गरेका छौं । सुरक्षित ठाउँमा बसेकालाई ठाउँठाउँमा राहत पुर्‍याएका छौं,’ उनले भने । उनका अनुसार उद्धार प्रयास जारी छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment