मजदुरिका लागि भारत जाँदै गरेका नेपाली नागरिकबाट चर्काे भाडा अशुल्दै गाडी चालकहरु

सल्यान । छिन्चु जाजरकोट सडक खण्डको भाडादर सुन्दै अच्चम लाग्छ । सल्यान सल्लिवजार देखि नेपालगञ्ज सम्म पुग्नकाे लागि यहाँका स्थानीयले दुईहजार भाडा तिर्नु परेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कडाउनकाे मौका छाेप्दै गाडी व्यवसायी र प्रहरीकै मिलाेमताेमा मजदुरिकाे लागि भारत फर्किनेहरुसँग प्रति व्यक्ति २ हजार भाडा अशुल्ने गरिएको छ । गाडि व्यवसायीहरुले भने ठाउँ ठाउँका प्रहरी चेकपोस्ट केही रकम वुझाउनु पर्दा मंहगो भाडा भएको स्विकार्दै आएका छन् । सबै वढि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको सिमाना बबई नाकामा प्रहरीले बढि रकम लिने गरेको खुल्नमा आएको छ ।

गाडी नम्बर र आफ्नाे नाम गाप्य राख्न चाहने एक चालकका अनुसार बबई नाकामा ट्रक, मिनि ट्रक र साना यात्रु वाेक्ने जिपहरुबाट झन्डै १ हजारका दरले रकम उठाउने गरेको बताएकाे छ ।

दिउँसोको समय भन्दा रातिमा प्रहरीले छिन्चु जाजरकोट सडक खण्डको विभिन्न चेकपोस्टहरुमा माेटाे रकम उठाउने गरेको खुलेको छ । सल्लिवजारमा इप्रकाले भने अाफ्नाे माहतहतका जवानहरु तेसाे नगरेको जनाएको छ । हाम्रो चेकपोस्टमा मालवाहक ट्रक वा यात्रु वसार पसार कुनै पनि गाडिहरुबाट पैसा उठाउने जस्तो अवैध काम डिउटिमा रहने जवानहरु नभए दाबी छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment