भ्याक्सिनकै कारण मृत्यु भएको पुष्टि, ६८ वर्षका वृद्धको भ्याक्सिनले लियो ज्यान

एजेन्सी । परिक्षणका क्रममा रहेको भ्याक्सिनको विश्वसनियतामा प्रश्न उठिरहेको बेला भ्याक्सिनकै कारण मृत्यु भएको पुष्टि भएको छ । भारतमा को रोना भ्याक्सिन लगाएका ब्यक्तिको मृत्यु भएको पहिलो घटना पुष्टि भएको हो । भ्याक्सिनका कारण ६४ वर्षका एक वृद्धको मृत्यु भएको पुष्टि गरिएको हो ।यो कुरा भारतको केन्द्र सरकारको तर्फबाट गठित प्यानलको रिपोर्टमा सार्वजनिक भए पछि भ्याक्सिनकै कारण मृत्यु पुष्टि भएको हो । इन्डिया टुडेले आफू्सँग यसबारे रिपोर्ट सुरक्षित भएको दावी सहित सामाचार सार्वजनिक गरेको छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

एईएफआईका लागि केन्द्र सरकारले एउटा कमिटी गठन गरेको छ । यो कमिटीले भ्याक्सिन लगाएपछि भएको ३१ जनाको मृत्युमाथि अनुसन्धान गरेपछि ६८ वर्षका एक वृद्धको मृत्यु भ्याक्सिनकै कारण भएको पुष्टि गरेको हो ।‘मृत्युको कारणबारे अनुसन्धान गर्दा भ्याक्सिनका कारण भएको यो पहिलो मृत्यु भएको हामीले थाहा पाएका छौं । ती व्यक्तिको भ्याक्सिन लगाएपछि एनाफिलेक्सीस भएको थियो जसका कारण उनको मृत्यु नै भयो,’ एईएफआईका अध्यक्ष डा। एनके अरोराको भनाई राख्दै इन्डिया टुडेले लेखेको छ ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

+