भोलि सकिँदै निषेधाज्ञा : फेरि १५ दिन थप्ने निर्णय

काठमाडौं ।गत वैशाख १६ देखि निषेधाज्ञा लागू काठमाडौं उपत्यकामा यसको अवधि अरू १५ दिनसम्म बढाउने तयारी गरिएको छ। यसबारे निचोडमा पुग्न आज तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ। जारी निषेधाज्ञा सात देखि १५ दिनसम्म थप गर्ने निष्कर्षमा पुगेको प्रजिअ भट्टराईले बताए । भोलि राती सोमबारबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने निष्कर्षमा बैठक पुगेको हो । आज दिउँसो बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय सार्वजनिक गर्ने बताइएको छ ।

Leave a Comment