भीम रावलमाथि बढ्यो यस्तो चर्काे दबाब, के गर्लान् अन्तिम निर्णय ?

Samchar

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा मध्यमार्गी धारमा देखिएका उपाध्यक्ष भीम रावलमाथि वरिष्ठ नेता माधव नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा लाग्न चर्काे दबाब परेको छ ।काठमाडौं आएका सुदूरपश्चिम प्रदेशका सांसद तथा नेताहरुले उपाध्यक्ष रावललाई आईतबार भेटेर नेता नेपालको पार्टीमा लाग्न दबाब दिएका छन् ।प्रदेश सभामा रावलनिकट रहेका १७ जना सांसदमध्ये ३ जना मात्रै नेपाल पक्षमा प्रस्टसँग खुलेर लागेका छन् । तर अधिकांश सांसदले नेपालसँगै जान दबाब दिएका छन् ।हालसम्म सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र पूर्व मन्त्री माया भट्ट नेपाल पक्षमा खुलेका छन् । उपाध्यक्ष रावलकै पक्षधरताको पर्खाइमा रहेका बाँकी १४ जना नेताले रावललाई नेपालको पार्टीमा लाग्न दबाब दिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *