भारत र चीनलाई ठीक पार्न एमसीसी आवश्यक छ: दीपक मनाङे

Samchar

तराईको जग्गा भारतले खाइसक्यो।पहाडको जग्गा चीनले खाइसक्यो।उनीहरुसँग लड्न हामीसँग त हतियार छ न त आर्थिक हैसियत।त्यसैले उनीहरुलाई ठीक पार्ने भनेकै एमसीसी ल्याएर हो।त्यसैले हामीले एससीसीको विरोध हैन नमस्कार गरेर स्वागत गर्नुपर्छ।उक्त भनाइ हो– गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को। गत साता उनी काठमाडौंको ठमेलमा आफ्ना कार्यकर्तासँग भेटिएका थिए।प्रदेश सरकारका मन्त्री मनाङेले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग नेपाल सरकारले गरेको एमसीसी सम्झौता लाई चीन र भारत दुवैलाई ठीक पार्ने हतियारको रुपमा व्याख्या गरे।

उनले व्याख्या गरे,तराईको उर्वर भूमि भारतले खाइसक्यो। पहाडको भूमिलाई चीनले विभिन्न बहानामा मिच्न थालेको छ। उनीहरुसँग हामी लड्नसक्ने कुरै भएन,प्रदेश मन्त्री मनाङेले भने हामीले त अब शक्ति राष्ट्रको मद्दत लिने हो।एमसीसीको विरोध गर्ने होइन, एमसीसीलाई बोलाएर राख्नुपर्छ।नेपालीले एमसीसी चाहिदैन भन्नु भनेको भारत र चीनलाई हाम्रो भूमि आफैँ खाऊ भन्नु हो। हामीले उनीहरुलाई ठीक पार्ने भनेकै एमसीसी ल्याएर हो’, मन्त्री मनाङे्ले भने, एसीसी ल्याउन हुँदैन भन्ने नेताहरु भारत–चीनकै प्लानमा चलेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *