भारतमा रहेका नेपालीले कागजात नभए पनि खोप पाउने, यस्तो छ मोदी सरकारको निर्णय

काठमाडौं । भारतमा रहेका सबै नेपालीले कोभिड १९ खोप पाउने भएका छन् ।

केन्द्र सरकारको सर्कुलरअनुसार कागजात नभएका नेपालीले पनि खोप पाउनेगरी राज्य सरकारले निर्णय लिएका छन् । ओडिसा राज्य सरकारले सबै नेपालीलाई खोप दिने निर्णय गरेको छ ।

उक्त राज्यभर बसोबास गर्ने तथा रोजगारीको सिलसिलामा आएका नेपालीलाई खोप उपलब्ध गराउन जिल्ला प्रशासन र नगरपालिकाहरुलाई निर्देशन दिएको हो ।

नेपालीहरुसँग आवश्यक कागजात नभए पनि खोप अभियानमा सहभागी गराउने ओडिसा सरकारको निर्णय छ । यसका लागि केन्द्र सरकारको कोभिड–१९ खोप प्रशासनका लागि राष्ट्रिय विज्ञ समूह (नेगभ्याक) ले सिफरिस गरेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्वास्थ्य र परिवार कल्याणका अतिरिक्त मुख्यसचिव पीके मोहापात्राले जिल्ला कलेक्टर, नगरपालिका कमिश्नर र प्रमुख जिल्ला मेडिकल तथा जनस्वास्थ्य अधिकारीहरुलाई पत्र लेखेर नेपालीहरुलाई खोप उपलब्ध गराउन सर्कुलर जारी गरेका हुन् ।

पत्रमा मोहापात्राले राज्यमा कार्यरत सबै नेपाली नागरिकहरुसँग भ्याक्सिन लिनका लागि नाम दर्ता गर्न आफ्नो परिचय पत्र नहुन पनि सक्ने उल्लेख गर्दै प्रदेश सरकारले ती नेपालीहरुलाई बिना परिचय पत्र खोप दिन भनेका छन् ।

यससँगै परिचयपत्र नभएका नेपालीले पनि सहजै खोप पाउने भएका छन् ।

ओडिसामा करिब १ करोड नागरिकले खोप पाइसकेका छन् । जसमा नेपाली पनि छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment