शिव शक्ति इन्फ्रास्ट्रक्चर प्रा.लि हेटौँडा र गौतम निर्माण सेवा भरतपुरले महानगरसँग एक करोड ९४ लाख ७४ हजार आठ सय ८१ रुपैयाँमा ५, २१, २५ र १३ नम्बर वडाका गरी करिब तीन किलोमिटर सडक कालोपत्रेको सम्झौता गरेको थियो। तर, तीन सय मिटर कालोपत्रे भएपछि स्थानीयले गुणस्तरीय काम नभएको भन्दै निर्माण कार्य रोकेका छन्।
अहिले निर्माण कम्पनीले समेत निर्माण उपकरणहरू फिर्ता लगिसकेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
‘बर्खाको समयमा पनि गुणस्तरहीन सामग्री प्रयोग गरेकाले यस्तो अवस्था सिर्जना भएको स्थानीय नेत्रबहादुर गुरुङ बताउँछन्। कालोपत्रे गर्नुअघि ढुंगा, गिटी, माटो राखेर पेल्ने कामदेखि नै निर्माणमा कमजोरी भएको भरतपुर महानगरपालिका– १३ का वडाध्यक्ष प्रकाश दवाडी बताउँछन्।
‘बेस राखेर काम गर्दादेखि नै कमजोरी भएको देखिन्छ। अरू समयमा नभएन पनि पिच गर्ने समयमा हामीलाई जानकारी दिनुपर्थ्यो । तर, त्यो जानकारी पनि मिलेन,’ दवाडीले भने।
यस विषयमा आफूले सुरुदेखि नै ध्यानाकर्षण गराए पनि ठेकेदारको नसुनेको उनी बताउँछन्।ठेकेदारकै लापरबाहीले सडकमा समस्या भएको महानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर रत्न लामिछाने बताउँछन्। ‘हिलो र पानीमाथि कालोपत्रे गरिएको छ। प्राइम पनि सेट नभइसकेको र रोलिङ गर्दा नमिलेको देखिन्छ,’ उनले भने। लामिछानेका अनुसार महानगरले ठेकेदार कम्पनीलाई फेरि कालोपत्रे गर्न निर्देशन दिएको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****